२०८३ जेष्ठ १८ गते सोमवार

तुलसीपुरको एक फर्निचर उद्योगमा आगलागी


तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ पुकार पसल नजिक रहेको सिद्धिबिनायक फर्निचर उद्योगमा आगलागी भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ ‘ग’ लाइनका तारा बहादुर वलीले संचालन गरेको उक्त फर्निचर उद्योगामा आज सोमबार दिउँसो करिब ३ बजेरतिर आगलागि भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

फर्निचरमा भएका आधा भन्दा धेरै सामाग्रि जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो । ४ बजेतिर नियन्त्रणमा आएको प्रहरी निरिक्षक रानाले जानकारी दिनुभयो । आगलागिको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी अनिल ठकुरीको कमाण्डमा गयको २५ जनाको प्रहरी टोलीले आगलागि नियन्त्रणमा लिएकोे थियो ।

आगो निभाउन प्रहरी, स्थानीयवासी, तुलसीपुर उपमहानगरपालिकाको दमकल तथा अन्य पानी ट्यांकरको सहयोग लिइएको थियो । आगलागी बाट मानवीय क्षति भने भएको छैन ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस