२०८३ जेष्ठ १६ गते शनिवार

व्यावसायीक सुरक्षाका लागि दुधरासमा सिसि क्यामेरा जडान

दुधरास । दुधरासमा सिसि क्यामेरा जडान गरिएको छ । शनिबार बिजौरी उद्योग बाणिज्य संघको अगुवाइमा दुधरास बजारका विभिन्न स्थानमा ३ वटा सिसि क्यामेरा जडान गरिएको हो ।

बजार ब्यवस्थापन ,व्यावसायिक शान्ति सुरक्षा, रातिमा हुने चोरी डकैती लगाएत मध्यनजर गर्दै व्यवसायीहरुको ५० हजार र उद्योग वाणिज्य संघको १ लाख गरि १ लाख ५० हजार लागतमा सिसि क्यामेरा जडान गरिएको संघका अध्यक्ष रेश्मीराज खडकाले जानकारी दिनुभयो ।

सिसि क्यामेरा जडानका लागि उद्योग वाणिज्य संघले केही समय अघि व्यवसायीहरुसंग सहयोग अभियान चलाएको थियो । संघले अब लगत्तै बिजौरी बजारमा पनि सिसि क्यामेरा जडान गर्ने तयारी गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस