तुलसीपुर । रुकुम पश्चिमका सेर बहादुर ओलि ७ वर्ष मलेसिया बसेर फर्किएपछि स्वदेशमै व्यवसाय सुरु गर्नुभएको छ ।
रुकुम पश्चिम मुसिकोट–१२ जमारु हरलेका ओलीले तुलसीपुरमा किमाया रेष्टुरेन्ट सञ्चालनमा ल्याउनु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले आज सोमबार रेष्टुरेन्टको उद्घाटन गर्नुभएको हो । ओलीले आफ्नै लगानीमा रेष्टुरेन्ट सञ्चालन गरेको बताउनुभएको छ ।
यसअघि कुनै व्यवसाय नगरेका ओलिले विदेशमा कमाएको रकमलाई उपयोग गरेर गाउँमै केही गर्ने लक्ष्यसहित व्यवसाय सुरु गरेको बताउनुभयो । विदेशमा पसिना बगाउनु भन्दा स्वदेशमै परिश्रम गर्ने उद्देश्यले व्यवसाय सुरु गरेको ओलीको भनाई छ ।
साउनदेखि करिब १४ लाखको लगानीमा व्यवसाय सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।














