२०८३ बैशाख १३ गते आइतवार

जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु


दाङ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एक जनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत रहेका छन् ।

उहाँको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस