२०८२ फाल्गुन २९ गते शुक्रवार

आज यि स्थानमा वर्षाको संभावना

दाङ। दाङ उपत्यकासहित देशभरका अधिकांश ठाउँमा आज मौसममा बदली देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका केहि ठाउँमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । दाङ उपत्यकाका केहि स्थानमा पनि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । विषेशगरी देशका पहाडी तथा तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पूर्वको कोशीसहित बागमती र गण्डकीका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।

आजराति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ र अन्य प्रदेशका पनि बाँकी थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस