दाङ ।
दाङमा पहिलोपटक सुनको शुद्धता परीक्षण गरी खरिद–बिक्री गर्ने सुविधा सुरु भएको छ । तुलसीपुरमा रहेको तुलसीपुर ज्वेलर्स ले आज (सोमबार)देखि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो ।
ज्वेलर्सका सञ्चालक रामबहादुर खडकाले करिव ४० लाखको लागतमा दाङमै पहिलोपटक अत्याधुनिक प्रविधिमार्फत सुनको शुद्धता मापन गर्ने यन्त्रको व्यवस्था गरि कारोबार गर्न सुरु गरेको जानकारी दिनुभयो ।
यसअघि सुन खरिद–बिक्री गर्दा शुद्धता पुष्टि गर्ने सुविधा नहुँदा ग्राहकमा शंका र असुरक्षा रहने गरेको थियो ।खड्कासहित चार जना व्यवसायीहरु मिलेर व्यवसाय सञ्चालनमा ल्याउनु भएको हो ।
ज्वैलर्सको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनील केसीले उदघाटनु गर्नुभएको छ । हार्डवेर व्यवसायमा पाएको सफलतापछि सिद्धार्थ गु्रपले सुन व्यवसायमा लगानी गरेको हो । करिव ५ करोडको लागतमा सुरु भएको व्यवसायमा अहिले १० जना प्रत्यक्ष रोजगारीमा रहेका छन ।














