२०८३ बैशाख ४ गते शुक्रवार

चोर खोला दुर्घटना : मृत्यु हुने तीन जनाकै सनाखत

सल्यान, १२ असोज । रुकुम पश्चिमबाट दाङतर्फ आउँदै गरेको फोर्स गाडी सल्यानको चोरखोलामा आज बिहानै दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना पुरुष र एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनुभयो । मृत्यु हुने तीनै जना एउटै वडाका रहेका छन् ।

प्रहरीका अनुसार रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–५ का २७ वर्षिय प्रकाश केसी, ६७ वर्षिय पवि केसी र २७ वर्षका शसिधर केसीको घटनास्थलमै मृत्यु भएको हो । प्रारम्भिक विवरण अनुसार गाडीमा ५ जना सवार रहेको देखिएको छ । गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

दुर्घटनामा अरु दुई जना गम्भिर घाइते भएका छन् । बाँफीकोट–५ कै ४७ वर्षिय खगेन्द्र केसी र ३६ वर्षिय बिना केसीलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

रुकुम पश्चिमको बाफिकोटबाट दाङ घोराही जाँदै गरेको लु २ ख ६५०२ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक दुर्घटना भएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस