२०८२ चैत्र १ गते आइतवार

एनपीएलमा आज दुई वटा खेल हुँदै


दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आज बिहान पहिलो खेलमा सुदुरपश्चिम र बिराटनगर भिड्दैछन् । पहिलो खले त्रिवि क्रिकेट मैदानमा बिहान सवा ११ बजेपछि सुरु हुनेछ ।

यस्तै दोस्रो खेल दिउँसो साढे ३ बजेपछि सुरु हुनेछ । दोस्रो खेलमा चितवन र पोखरा भिड्दैछन् ।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन ।

आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ ।

त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् ।

दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार/चार अङ्क मात्रै रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस