दाङ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।
आजै मन्त्रिपरिषद् विस्तार हुने स्रोतले जनाएको छ । हिजो बिहीबार मात्रै उहाँले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्नु भएको थियो ।
आज विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने स्रोतले जनाएको छ । कुन–कुन मन्त्रालय थपिने भन्ने खुलाइएको छैन । त्यसका लागि प्रधानमन्त्री परामर्शनमा रहेको स्रोतले बताएको छ ।














