दाङ । तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय हिसान दाङ र कलेज रिडर्स काठमाडौँको संयुक्त आयोजनामा सञ्चालन गरिएको दाङ जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
दाङ जिल्लामा रहेका विभिन्न विद्यालयहरूमा कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन विषय अध्ययन गर्ने विद्यार्थीहरूको सहभागितामा घोराही स्थित राप्ती इन्जिनियरिङ कलेजमा सम्पन्न भएको प्रतियोगितामा ज्ञान ज्योति माध्यमिक विद्यालयमा विज्ञान विषय अध्ययनरत विविध सेजुवाल, अनिता कवर योगी र मिलन पुन मगरको टिमले प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

त्यस्तै व्यवस्थापन संकायतर्फ रिता गौतम, भूपेन्द्रा बिष्ट र मनिषा बुढाथोकीको टिम प्रथम हुन सफल भएको छ । विज्ञान र व्यवस्थापन संकायतर्फ प्रथम स्थान हासिल गरेको ज्ञान ज्योति माध्यमिक विद्यालयको टिमले नगद १५ हजार सहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।

गत वर्ष पनि ज्ञान ज्योति माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको थियो । हिसान दाङका अध्यक्ष सुरेन्द्र जिसीको अध्यक्षता तथा राप्ती इन्जिनियरिङ कलेजका डाइरेक्टर डा. शैलेन्द्र गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा कलेज रिडर्सका सीईओ जितेन्द्र घिमिरे, शैक्षिक अभियन्ता तथा मानवअधिकारकर्मी प्रमोद कुमार न्यौपाने, कलेज रिडर्सका सम्पादक केशव नेपालले मन्तव्य राख्नुभएको हो ।















