२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरमा हालसम्म दुई हजार बढी किशोरीलाई एचपीभी खोप प्रदान


दाङ । तुलसीपुर उपमहानगरपालिकामा दुई हजारभन्दा बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप प्रदान गरिएको छ ।

हिजो शुक्रबारसम्म दुई हजार बढीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप प्रदान गरेकोे जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत बिमल केसीले जानकारी दिनुभयो । माघ २८ गते देखि हिजो शुक्रबार सम्म दुई हजार १४६ जना किशोरीलाई एचपीभी खोप लगाइएको जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयका कक्षा ६ मा पढ्ने २ हजार ६८ जना, कक्षा ७ देखी १० मा पढ्ने गत वर्ष छूट भएका ७२ जना र विद्यालय नजाने ६ जना गरी २ हजार १४६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप प्रदान गरिएको छ ।

विद्यालयबाट खोप लगाएका विद्यार्थीहरुको विवरण आईएमआईएस प्रणालीमा प्रविष्ट गर्ने कार्य पनि शुरू भएको केसीले जानकारी दिनुभयो । बाँकी छूट भएकालाई ४ गते खोप लगाइने जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत केसीले बताउनुभयो ।

यस वर्ष उपमहानगरपालिका भित्र कक्षा ६ मा अध्ययनरत २ हजार १ सय २४ जना तथा विद्यालय बाहिर रहेका ४९ जना गरी कुल २ हजार १ सय ७३ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म २ हजार १४६ जना किशोरीलाई खाप प्रदान गरिएको छ । गत वर्ष तुलसीपुरमा १० हजार १ सय ६१ जना किशोरीले एचपीभी खोप लगाएका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस