दाङ । दाङ क्षेत्र नम्बर ३ मा चुनावी रौनक बढीरहेको छ । यस क्षेत्रमा विषेशगरी यसपटक पुराना शक्ति र नयाँ शक्तिबिचको प्रतिष्पर्धा हुने अनुमान गरिएकाले चुनावी रौनक बढेको छ ।
आगामी निर्वाचनका लागि क्षेत्र नम्बर ३ मा ८ जना स्वतन्त्रसहित २३ जना उमेदवार चुनावी मैदानमा छन् । नेकपा एमालेबाट घनश्याम पाण्डे, नेपाली कांग्रेसबाट दिपक गिरी , नेपाली कम्युनिष्ट पाटीबाट धनबहादुर मास्की, राष्ट्रिय स्वतन्त्र पाटीबाट कमल सुवेदी चुनावी मैदानमा होमिनुभएको छ ।
यस्तै नेकपा माओवादीबाट बलबहादुर वली शितल, राष्ट्रिय प्रजातन्त्र पाटीबाट दामोदर भण्डारी, जनता समाजवादी पाटी नेपालबाट शोभा डाँगी, श्रम संस्कृति पाटीबाट टोपबहादुर महतारा, राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा रहनुभएको छ ।
यस्तै मंगोल नेशनल अर्गनाइजेशनबाट घनश्याम चौधरी, संयुक्त नागरिक पाटीबाट दलबिर कामी, नेशनल रिपब्लिक नेपालबाट प्रितम चौधरी, मितेरी पाटी नेपालबाट सन्तोष सिंह चुनावी मैदानमा रहनुभएको छ ।
यसैगरी नागरिक उन्मुक्ति पाटी नेपालबाट महेश चौधरी, आम जनता पाटीबाट पाण्डवी नेपाली, स्वतन्त्रबाट इन्द्र बहादुर बस्नेत, प्रेम बहादुर वली, भरत परियार, भागीराम चौधरी, महेश डाँगी, यम बहादुर बस्नेत, सप्रिक कँडेल र सुरेश नेपाली चुनावी मैदानमा रहनुभएको छ ।


















