२०८३ साउन २३ गते शनिवार

एमाले उम्मेदवार पाण्डेद्वारा अश्वारा मतदान केन्द्रबाट मतदान


दाङ । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि भइरहेको मतदान अन्तर्गत नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेले आफ्नो मत खसाल्नुभएको छ ।

पाण्डेले आज बिहान तुलसीपुरको मावि अश्वारा मतदान केन्द्र पुगेर मतदान गर्नुभएको हो । पाण्डे दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ ।

दाङ क्षेत्र नम्बर ३ का विभिन्न मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ भने मतदान शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस