दाङ । नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार धनबहादुर मास्कीले मतदान गर्नुभएको छ ।
उहाँले आज बिहान बबई गाउँपालिका–४ स्थित जनश्रम आधारभूत विद्यालय हस्तनापुरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।















