दाङ । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी हुनुभएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार उहाँ र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।
उहाँले २९ हजार ८९६ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत ल्याउनुभएको छ ।
तेस्रो स्थानमा झरेको नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्नुभएको छ ।
चौथो स्थानमा रहेको एमालेका रामचन्द्र लामिछानेको मत ३ हजार ७३२ मत मात्र रहेको छ ।















