२०८३ जेष्ठ २१ गते बिहिवार

दंगीशरणमा सिकलसेल परीक्षण शिविर संचालन


दाङ । दंगीशरण गाउँपालिकामा सिकलसेल एनिमिया तथा थालासेमिया रोगको निःशुल्क परीक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीको आयोजना तथा दंगीशरण गाउँपालिकाको समन्वयमा स्वास्थ्य चौकी हेकुलीमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा कुल ४३२ जनाले रगत परीक्षण गराएका छन् । तीमध्ये १२२ जना पुरुष र ३१० जना महिला रहेका अस्पतालका प्रशासन अधिकृत शालिकराम कालाथोकीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीका अनुसार दंगीशरण गाउँपालिकाका सातवटै वडाका नागरिक, विशेषगरी थारु समुदायका व्यक्तिहरूले शिविरबाट सेवा लिएका छन् । थारु समुदायलाई लक्षित गर्दै शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिकूल मौसमका बाबजुद पनि उल्लेख्य सहभागिता देखिएको भन्दै अध्यक्ष गिरीले आगामी दिनमा यस्ता शिविरहरू पुनः सञ्चालन गरिने जानकारी दिनुभयो । सहभागीहरूको सहजताका लागि प्रत्येक वडाबाट बसको व्यवस्था समेत गरिएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस