दाङ, १३ चैत । पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीका बुवा ललित बहादुर वलीको घरको छतबाट खसेर निधन भएको छ । आज बिहान घरको छतमा घाम ताप्न जाने क्रममा वलीको खसेर निधन भएको हो ।
घरको छतबाट खसेर गम्भिर घाइते भएका वलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बावुराम बस्नेतका अनुसार आज बिहान १० बजेतिर तुलसीपुर–६ स्थित आफ्नै घरमा दुई तलामाथिबाट भूइमा खसेर गम्भिर घाइते हुनुभएका वलीको उपचारको क्रममा निधन भएको हो ।
उहाँको आजै शितलपुर बबई घाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । बुवाको निधन भएपछि कोमल वली काठमाण्डौबाट दाङ आजै आइपुग्ने परिवारले जनाएको छ । उहाँका ३ छोरा र कोमल वलीसहित ४ छोरी रहेका छन् ।



















