२०८३ जेष्ठ २८ गते बिहिवार

मालपोत कार्यालय सल्यानबाट बिचौलिया पक्राउ

सल्यान। सल्यान प्रहरीले मालपोत कार्यालय सल्यानबाट बिचौलियालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो मालपोत कार्यालय सल्यानको परिसरबाट एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो ।

सेवाग्राहीको फाइल लिएर काम सहज बनाइदिन्छु भन्दै शंका लाग्ने गतिविधि गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सूचनाका आधारमा बिहान करिब १० बजेदेखि निगरानीमा राखिएका शारदा नगरपालिका–१ श्रीनगरका तिलक कवरलाई दिउँसो करिब साढे ४ बजेतिर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो ।

सुचना अधिकारी भटराईकाअनुसार चेकजाँचका क्रममा कवरले असिष्ट व्यवहार समेत गरेका थिए उनीमाथि मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा अनधिकृत रूपमा काम गरिरहेको आरोप लागेको छ। पक्राउ परेका कवरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस