२०८३ बैशाख ६ गते आइतवार

संजिवनी शिक्षण अस्पतालको नि:शुल्क बस सेवा : थप विशिष्टकृत सेवा दिने तयारी

दाङ । दाङको घोराही उपमहानगरपालिका–३ बर्गदुवामा संचालनमा आएको संजिवनी शिक्षण अस्पतालले निशुल्क बस सेवा निरन्तर दिने भएको छ । अस्पतालले दाङका विभिन्न स्थानबाट निशुल्क बस सेवा संचालन गरिरहेकोमा यो सेवालाई निरन्तरता दिने भएको हो ।


बिरामीलाई अस्पतालसम्म पुग्न अस्पतालले निशुल्क बस सेवा संचालन गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइआ)े दिपक रोकाले बताउनुभयो । शनिबार तुलसीपुरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा सिइओ रोकाले अस्पतालले बस सेवालाई निशुल्करुपमा निरन्तररुपमा संचालन गर्ने बताउनुभयो । ओपिडि लगायतका सेवा निश्चित समयका लागि भएपनि बस सेवालाई भने निरन्तरता दिने बताउनुभयो ।


उहाँका आइतबार तुलसीपुर र आसपासका बिरामीको सहजताका लागि तुलसीपुर उपमहानगरपालिका–१२ शितलपुरचोकबाट तुलसीपुरको बिरेन्द्र चोक हुँदै निशुल्क बस सेवा संचालनमा रहेको छ । यस्तै बुधबार दंगिशरण गाउँपालिकाको बागरदेखि तुलसीपुरको बिरेन्द्र चोक हुँदै अस्पतालसम्म निशुल्क बस सेवा संचालन भएको छ ।


सोमबार भालुवाङ चोकबाट सिसहनिया–महादेवा–गढवा–लमही हुँदै अस्पतालसम्म निशुल्क बस सेवा रहेको अस्पतालले जनाएको छ । यस्तै मंगलबार र शुक्रबार गढवाचोकदेखि लमही हुँदै अस्पतालसम्म निशुल्क बस सेवा रहेको छ ।


अस्पताल प्रशासनका अनुसार हरेक दिन बेलुका साँझ ४ बजेदेखि बिहान बस छुटेका ठाउँसम्म बसले निशुल्क सेवा दिनेछ । चार अर्ब लगानीमा संचालनमा आएको अस्पतालले अहिले ३०० शैयामा सेवा दिइरहेको छ ।


अस्पतालका सिइओ रोकाले अब ठुला र जटिल प्रकारका रोगका बिरामी उपचारका लागि जिल्ला बाहिर जानुनपर्ने बताउनुभयो । गत माघ २८ गतेदेखि सेवा दिन शुरु गरेको अस्पतालले अबको करिब डेढ महिनाभित्र थप विशिष्कृत सेवा दिन लागेको छ । अस्पतालले न्यूरोलोजी, कार्डियोलोजी र युरोलोजी लगायतका सेवा थप गर्न लागेको हो ।


अस्पतालले तीन वर्षपछि ५०० शैया संचालन गर्ने योजना सिइओ रोकाले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा एमविविएस र बिडिएस लगाएका शैक्षिक कार्यक्रमहरु संचालनमा आउने छन् । अस्पतालमा अहिले करिब ३५० जनाले रोजगारी प्राप्त गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस