दाङ,३ चैत । पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले आज बिहानदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।
यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ ।
यससंगै दाङ र सुर्खेतमा पेट्रोलको प्रतिलिटर १६७ रुपैँया पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५४ रुपैँया पर्ने निगमले जनाएको छ ।









