२०८२ जेष्ठ ९ गते शुक्रवार

नेपाल नेत्रज्योति संघ दाङको २१ औं वार्षिक साधारणसभा

दाङ, १३ चैत । नेपाल नेत्रज्योति संघ दाङ शाखाले बुधबार २१ औं वार्षिक साधारणसभा गरेको छ । शाखा सभापति कृष्णकुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम गरिएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि शर्माले आँखा स्वास्थ्य उपचारमा संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । प्रशासकीय अधिकृत डाक्टर शमशेर थापाले यसवर्षको जेठदेखि फागुन मसान्तसम्म २ लाख ३० हजार ८२५ जनालाई आँखाको उपचार गरिएको बताउनुभयो ।

उहाँले १२ हजार ९ सय ९६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा आँखा अस्पताल र ११ वटा उपचार केन्द्रबाट आँखा उपचार सेवा प्रदान गरिएको छ । यस्तै रोल्पा, रूकुम पुर्व र सुर्खेतमा सेवा थप गर्ने तयारी रहेको बताउनुभयो ।

साधारण सभामा कोषाध्यक्ष श्याम प्रकाश आचार्यले आर्थिक प्रतिवेदन तथा सचिव घनश्याम सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा गेट निर्माणका लागि सहयोग गर्ने धुब्र गौतमको दम्पति र श्याम आचार्यको दम्पतिलाई सम्मान गरिएको छ । शाखा उपसभापति रेशम बहादुर खड्काको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस