
दाङ, १४ चैत । गुरुकुल एकेडेमी तुलसीपुरमा पूर्व प्राथमिक तहका विद्यार्थीको दिक्षान्त समारोह गरिएको छ । पूर्व प्राथमिक तहबाट आधारभूत तहमा प्रवेश गरेका विद्यार्थीलाई बिहिबार दिक्षान्त समारोह गरिएको हो ।
गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गीरीको अध्यक्षता तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा डा. खत्रीले संस्कारसहितको शिक्षा दिएर गुरुकुल एकेडेमीले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले निजिस्तरबाट संस्कारयुक्त जनशक्ति उत्पादन हुनु सुखद पक्ष रहेको भन्दै अबको शिक्षा संस्कारसहितको हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकालाई प्लाष्टिकमा प्याक गरिएका खानेकुरा खुवाउन नहुने समेत बताउनुभयो । जन्मदिनमा केक काटेर भन्दा स्याउ काटेर मनाउनुपर्ने समेत उहाँको भनाई छ ।
यस्तै प्रधानाध्यापक गिरीले पूर्व प्राथमिक तहबाट प्राथमिक तहमा प्रवेश गरेका विद्यार्थीको लागि दिक्षान्त समारोह गरिएको बताउनुभयो । उहाँले दिक्षान्त समारोको अवसरमा बालबालिकाले आफ्ना अभिभावकको सम्मान समेत गरेको बताउनुभयो ।
उहाँले गुरुकुल एकेडेमीले शिक्षासंगै संस्कार र संस्कृतिमा पनि जोड दिएको बताउनुभयो । यस्तै रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गुरुकुल एकेडेमीले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
उहाँले संस्कारसहितको शिक्षा आवश्यक रहेको भन्दै गुरुकुलले त्यस्तो किसिमको जनशक्ति उत्पादनमा भूमिका खेलेको बताउनुभयो । यस्तै अभिभावकक गोविन्द मज्गैँया र प्रभा आचार्यले विद्यार्थीको चौतर्फी विकासमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण चिन्तना धितालले गर्नुभएको हो । त्यस अवसरमा विद्यार्थीले विभिन्न सन्देशमूलक गितमा नृत्य तथा अभिनय गरेका थिए ।