२०८३ कार्तिक २२ गते आइतवार

पूर्व आयुर्वेद विद्यार्थी समाज गठन, अध्यक्षमा बसन्त बहादुर के.सी.


दाङ । जनता विद्यापीठ, बिजौरी दाङमा अध्ययन गरेका पूर्व आयुर्वेद विद्यार्थीहरूको भेला सम्पन्न भएको छ । भेलाले बसन्त बहादुर के.सी.को अध्यक्षतामा ९ सदस्यीय पूर्व आयुर्वेद विद्यार्थी समाज गठन गरेको छ ।

राष्ट्रिय आरोग्य दिवस एवम् धन्वन्तरि जयन्ती २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा पूर्व विद्यार्थीबीच भेटघाट गर्ने उद्देश्यले क्याम्पस परिसरमा भेला आयोजना गरिएको हो ।

नवगठित समाजको उपाध्यक्षमा दिपकराज ओली, सचिवमा देबु बस्नेत, कोषाध्यक्षमा डा. बसन्त रावत, सहसचिवमा रामकुमारी खड्का चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा मधुसुदन डाँगी, शोभाकान्त अधिकारी, डा. श्रीधर अधिकारी र डा. आश्मा के.सी. रहनुभएको छ ।

भेलाले लक्ष्मीनारायण शर्मा र डा. देवराज के.सी.लाई समाजको सल्लाहकारमा नियुक्त गरेको छ ।

भेलामा सहभागी पूर्व विद्यार्थीहरूले भैलो नाच प्रस्तुत गर्नुका साथै राष्ट्रिय आरोग्य दिवस, धन्वन्तरि जयन्ती तथा तिहारलगायतका पर्वको शुभकामना आदानप्रदान गरेका थिए । समाजलाई आगामी दिनमा सक्रिय बनाउँदै विभिन्न रचनात्मक तथा नवीन कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ ।

यसअघि पनि पूर्व विद्यार्थीहरू दुई वर्षअघि क्याम्पस परिसरमा भेला भएर भेटघाट तथा शुभकामना आदानप्रदान गरेका थिए ।

भेलामा बसन्त बहादुर के.सी., डा. देवराज के.सी., शोभाकान्त अधिकारी, लक्ष्मीनारायण शर्मा, दिपकराज ओली, रञ्जिता पोख्रेल, मधुसुदन डाँगी, डा. गणेश पौडेल, पदमदेव गिरी, देबु बस्नेत, रामकुमारी खड्का, प्रमिला भण्डारी, डा. आश्मा के.सी., भरतकुमार पोख्रेल, नवराज डाँगी, डा. देवेन्द्र पुन मगर, डा. शुसिल घिमिरे, उमेश थारु, घनश्याम न्यौपाने, डा. बसन्त रावत, डा. रोसिका पाण्डेलगायत पूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस