दाङ । सिटिजन्स बैंकको १८ औं स्थापना दिवसको अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, तुलसीपुर शाखाले शुक्रबार रक्तदान कार्यक्रम गरेको छ । रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा बैंक परिसरमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
शाखा प्रमुख घनश्याम भण्डारीले रगत अभावका कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो सेवामूलक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्राविधिक इक्षा मगरले रक्तदानले स्वास्थ्यमा कुनै कमजोरी नआउने उल्लेख गर्दै १८ वर्ष पूरा गरेका पुरुषले वर्षमा चारपटक र महिलाले तीन पटक सुरक्षित रूपमा रक्तदान गर्न सक्ने जानकारी दिनुभयो ।















