दाङ । दाङको तुलसीपुरबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार हेयर सैलुन सञ्चालक तुलसीपुर–११ का १९ वर्षीय दीपक विकसहित तुलसीपुर–१२ का २१ वर्षीय आकाश चौधरी, तुलसीपुर–१२ का २४ वर्षीय ध्यानी बाँठा मगर र तुलसीपुर–११ का २० वर्षीय राजन केसीलाई पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूको साथबाट शुद्ध तौल ३ ग्राम १४० मिलिग्राम र सैलुनको घर्रामा लुकाइराखेको अवस्थामा १३ ग्राम ३३० मिलिग्राम गरी जम्मा १६ ग्राम ४७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको छ ।
तुलसीपुर उपमहानगरपालिका–११ उरहरीस्थित एक हेयर सैलुनमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी जसपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको हो ।
पक्राउ परेका चारै जनालाई दाङ जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























