
दाङ । दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाँउपालिका वडा नम्बर ८ गंगदिका २४ वर्षका दिपेश चौधरी र प्युठान माण्डवी गाँउपालिका–३ घर भई हाल घोराही उपमहानगरपालिका–१५ भरतपुर बस्ने २३ वर्षका राजु थापा रहेको दाङ प्रहरीले जनाएको छ ।
हिजो मंगलबार बेलुका ८ बजेतिर लमही नगरपालिका–५ वसपार्कबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । संकास्पद लागेर चेकजाँच गर्दा बा्रउन सुगरसहित उनिहरुलाई पक्राउ गरीएको प्रवक्ता शाहले बताउनुभयो ।
उनिहरुको साथबाट १ ग्राम १५० मिलिग्राम लागुऔषध फेला पारेकोे डिएसपी शाहले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाइको छ ।