२०८२ जेष्ठ ४ गते आइतवार

मन्टेश्वरी दुई महिने तालिमको समापन


दाङ । दाङको तुलसीपुरमा संचालित दुई महिने मन्टेश्वरी तालिमको समापन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा तुलसीपुर–७ स्थित राजापुरमा शुभ जनज्योति प्राविधिक शिक्षालयको व्यवस्थापनमा संचालन गरिएको तालिम बिहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

कार्यक्रम शिक्षालयका अध्यक्ष पार्वता दाहालको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसी प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

कार्यक्रममा वडाध्यक्ष जिसीले बालमैत्री शिक्षाको प्रवद्र्धनमा यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । अध्यक्ष दाहालले शिक्षालयले आगामी दिनमा समेत व्यावसायिक तथा सीपमूलक तालिमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता बताउनुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूले बालबालिकासँग व्यवहार गर्ने तरिका, शैक्षिक सामग्रीको प्रयोग र मन्टेश्वरी पद्धतिका विविध पक्षहरूबारे सिकेका छन् । तालिममा स्थानीय महिलाको उल्लेखनीय सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस