२०८२ जेष्ठ ८ गते बिहिवार

तनहुँको उद्यमी सहकारीका प्रतिनिधि टोलीले गरे हाम्रो पहुँच सहकारीको अवलोकन

तुलसीपुर । भानु नगरपालिका–३ तनहुँमा रहेको उद्यमी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधिहरुको टोलीले तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाको अध्ययन तथा अवलोकन गरेका छन् ।

प्रतिनिधि टोलीले संस्थाका अध्यक्ष शुक्रराज भण्डारीसँग भेटघाट गरी सहकारीले सञ्चालन गरेका विभिन्न विभागहरूको व्यवस्थापकीय पक्ष, नीति, नियम, कारोबार स्थिति, शेयर सदस्य तथा कार्यक्षेत्रबारे जानकारी लिएका हुन् ।

अध्यक्ष भण्डारीले सहकारीका विभिन्न गतिविधि र विभागीय सञ्चालन सम्बन्धी जानकारी गराउनुभएको हो । उहाँले पछिल्लो समय देशका विभिन्न भागबाट दैनिकजसो अध्ययन र अवलोकनका लागि सहकारी प्रतिनिधिहरू आउने गरेको बताउनुभयो ।

प्रतिनिधि टोलीलाई अध्यक्ष भण्डारीले संस्थाले संचालन गरेका गतिविधि, विभागिय व्यवस्थापन, कारोबारको अवस्था, शेयर सदस्य र कार्यक्षेत्र, नीति, नियम लगायतको बारेमा जानकारी गराउनुभएको हो ।

संस्थाले हाल बचत तथा ऋण विभाग, सहकारी पेट्रोल पम्प, हाम्रो पहुँच सेकेन्डरी स्कुल, डेरी उद्योग, रेडियो लगायत ६ वटा विभाग सञ्चालन गरिरहेको संस्थाका कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण कार्यकारी अधिकृत भण्डारीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस