
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–२ स्थित तकियापुरमा रहेको तकियापुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा तिलक बहादुर केसी निर्विरोध चयन हुनुभएको छ । समितिको निर्वाचनमा एक जनाको मात्र उम्मेदवारी परेपछि सर्वसम्मत रूपमा चयन गरिएको हो ।
तिलक बहादुर केसीको अध्यक्षतामा १२ सदस्यीय नयाँ समिति गठन गरिएको छ। तुलसीपुर उपमहानगरपालिका–२ का अध्यक्ष तथा निर्वाचन समितिका संयोजक भिम बहादुर योगीका अनुसार उपाध्यक्षमा पूर्ण बहादुर केसी, सचिवमा टोप बहादुर गिरी, सह–सचिवमा ओद बहादुर भण्डारी (गणेश), कोषाध्यक्षमा केशर गिरी चयन हुनुभएको छ ।
यस्तै सदस्यमा नर बहादुर ओली, मेरमान विष्ट, अर्जुन चौधरी, लाल बहादुर खत्री, गायत्री ओली, तुलसा खड्का र राधा चौधरी चयन हुनुभएको छ ।
यसैबीच आज नव निर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । वडाध्यक्ष योगीको अध्यक्षता तथा नेपाली कांग्रेसका जिल्ला सह–सचिव राजु आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।