२०८२ असार ६ गते शुक्रवार

देशका धेरै ठाउँमा आज वर्षाको सम्भावना


दाङ । दाङ उपत्यकासहित देशका धेरै ठाउँमा आज पानी पर्ने सम्भावना रहेको छ ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बीनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्टयाङसहित पानी पर्ने र केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

मनसुनी प्रणाली अझै केही दिन रहने महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस