२०८२ माघ ५ गते सोमवार

समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा सग्रामखोला पुलको खाल्डा पुरियो

दाङ । समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा सग्राम खोला पुलको डिभाइडरमा रहेको खाल्डा पुरिएको छ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१८ मा पर्ने सग्राम खोला पुलको डिभाइडरमा खाल्डा हुँदा सवारी साधनमा झ्याक्ने समस्या रहेको थियो ।

पुलमा भएको खाल्डाले दुर्घटनाको जोखिम थियो । विषेशगरी साना सवारी साधन आवातजावातमा समस्या रहेको थियो । खाल्डाका कारण सडकमा आवात–जावत गर्दा विषेश गरी अप्रेशन गरेका बिरामीलाई झनै समस्या बनाएको व्यापक गुनासो आइरहेका बेला सोमबार(आज) बिहान पौडेलको नेतृत्वमा स्थानीयले खाल्डा पुरेका हुन् ।

तुलसीपुर–७ जितपुर निवासी समाजसेवी पौडेलसहित घोराही–१५ निवासी रविन ज्ञवाली, प्रमोद देवकोटा, स्थानीय रमेश पौडेल, हरि पौडेल, देवबहादुर खड्का, सजित रावत, विशाल डाँगी, हेमन्तपुर बेलघारी टोल विकास संस्थाका अध्यक्ष सुर्य बहादुर डाँगी लगायतले व्यक्तिगतरुपमा सहयोग उठाएर खाल्डा पुरिएको हो ।

पौडेलले अब यस्ता साना समस्यामा पनि सरकारले चासो नदेखाउँदा जनस्तरबाटै समाधान खोज्नुपरेको बताउनुभयो । उहाँले सडकको खाल्डा पुरिएपछि यात्रामा सहजता भएको बताउनुभयो ।

खाल्डा पुरिरहेको बेलामा तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्का पुगेपछि युवाहरुले तपाईलाई खाल्डालाई झ्याक्दैन भनेर प्रश्न गरेका थिए । पत्रकारले मेयर खड्काको भिडियो बनाउन खोज्दा मेयर खड्काले मोबाइल समेत खोसेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस