२०८२ फाल्गुन २६ गते मङ्गलवार

पहिरोका कारण राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध, सूचारु हुन समय लाग्ने


सल्यान । राप्ती राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । गएरातीको वर्षाले दाङ–सल्यान खण्ड अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोर खोलामा झरेको पहिरोका कारण सडक पूर्ण रूपमा बन्द हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधवार बिहान करिब पौने ५ बजेतिर सडक माथिबाट खसेको पहिरोले सडकका दुवै लेन पुर्ण रूपमा ढाकिएको छ ।

पहिरो हटाउनका लागि एक्स्काभेटर सहायतामा काम भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिनुभयो । सडक विभागको मेसिन आउन समय लाग्ने भएपछि राप्ती राजमार्ग स्तरबृद्धिका लागि प्रयोग भएको निर्माण व्यवसायीको जेसिबी ल्याएर पहिरो हटाउन सुरु गरिएको छ ।

सडक खुल्न दुई तीन घण्टा लाग्ने देखिएको उहााले बताउनुभयो । सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन दुबैतर्फ रोकिएका छन् । साना सवारी साधनहरूलाई वैकल्पिक मोटर बाटो कपुरकोट लामिडाँडा तथा कपुरकोट पाखापानी सातबाट हुँदै आउजाउ गर्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस