२०८२ मङ्सिर २७ गते शनिवार

शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान

तुलसीपुर, २४ जेठ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । तुलसीपुर ७ झुमरेमा रहेको सहकारीले शेयर सदस्यलाई सहकारी सम्बन्धि ज्ञानको जानकारी गराउन आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी सहकारी शिक्षा सम्बन्धि तालिम प्रदान गरेको हो ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्नुभएको हो । संस्थाले सदस्यलाई सहकारी सम्बन्धि सचेतना दिन प्रत्येक महिना सहकारी शिक्षा प्रदान गर्ने गरेको उहाँले बताउनुभयो । उहाँले शेयर सदस्य सहकारीमा आवद्ध भएरमात्रै नहुने भन्दै सहकारी सम्बन्धि ज्ञानको आवश्यकता भएकाले हाम्रो पहुँचले शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गदै आएकोे बताउनुभयो । उहाँले तालिममा सहकारी, यसको अर्थ लगायतका बिषयमा सदस्यलाई जानकारी गराउनु भएको हो ।

सुचना तालिम शिक्षा तथा अध्ययन उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण बचत तथा ऋण विभागका विभागीय प्रमुख दुर्गा प्रसाद भण्डारीले गर्नुभएको हो ।

सहकारीमा अहिले करिब ४ हजार पाँच सयबढी शेयर सदस्य आवद्ध छन् भने एक सय बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस