२०८२ असार २४ गते मङ्गलवार

लुम्बिनीसहित पश्चिम नेपालमा आज बेलुका ठुलो वर्षाको संभावना

दाङ । लुम्बिनीसहित पश्चिम नेपालमा आज बेलुका ठुलो वर्षाको संभावना रहेको छ । आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरु प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस