२०८२ कार्तिक ३० गते आइतवार

हाम्रो पहुँचका शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान

तुलसीपुर । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको छ । तुलसीपुर ७ झुमरेमा रहेको सहकारीले शेयर सदस्यलाई सहकारी सम्बन्धि ज्ञानको जानकारी गराउन आज (शनिबार) एक कार्यक्रमको आयोजना गरी सहकारी शिक्षा सम्बन्धि तालिम प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गर्नुभएको हो । हाम्रो पहुँच सहकारीले शेयर सदस्यलाई सहकारी सम्बन्धि सचेतना दिन प्रत्येक महिना सहकारी शिक्षा प्रदान गर्ने गरेको बताउनुभयो ।

उहाँले शेयर सदस्य सहकारीमा आवद्ध भएरमात्रै नहुने भन्दै सहकारी सम्बन्धि ज्ञानको आवश्यकता पनि आवश्यक भएकाले हाम्रो पहुँचले शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको बताउनुभयो । तालिममा सहकारी, यसको अर्थ, बचत कसरी गर्ने लगायतका विषयमा सदस्यलाई जानकारी गराइएको छ ।

सुचना तालिम शिक्षा तथा अध्ययन उपसमिति संयोजक जिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्थाका सूचना तथा तालिम अधिकृत रेखा शर्माले गर्नुभएको हो ।

सहकारीमा अहिले ४ हजार सात सयबढी जना शेयर सदस्य आवद्ध छन् भने एक सय बढीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस