२०८३ बैशाख १३ गते आइतवार

कोशेली घरले तुलसीपुर उपमहागरपालिकालाई ऋण भुक्तानी गरेन


दाङ, ३२ असार । तुलसीपुरमा संचालित कोशेली घरले तुलसीपुर उपमहानगरपालिकासंग लिएको ऋण भुक्तानी गरेको छैन् ।

तुलसीपुर–५ बसपार्कमा संचालित कोशेली घरले उपमहानगरपालिकाको साझेदारी विकास कोषबाट तीन वर्षभित्र भुक्तानी गर्ने गरी २०७८ साल असार १५ गते १० लाख ऋण लगेको हो ।

कोशेली घर संचालक तुलसीपुर महिला कृषि लघु उद्यमी उपज समुहले तुलसीपुर उपमहानगरपालिकालाई तीन वर्षभित्र वार्षिक ६ प्रतिशत व्याजदरका हिसाबले ३६ किस्तामा गरी बुझाउने सम्झौता भएको हो ।

समुहले उपमहानगपालिकालाई तीन वर्षभित्र साँवा र व्याज गरी ११ लाख २९ हजार ७५० कुल रकम भुक्तानी गर्नुपर्ने सम्झौता भएपनि कार्यान्वयन नभएको महालेखा परिक्षकको आर्थिक वर्ष २०८०/२०८१ लेखा परिक्षण प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदन अनुसार उक्त कोशेली घर संचालक समुहले तुलसीपुर उपमहानगरपालिकालाई ९८ हजार ९९२ मात्रै भुक्तानी गरेको छ ।

महालेखाले उपमहानगरपालिकालाई तुलसीपुर महिला कृषि लघु उद्यमी उपज समुहले साँवा र व्याज भुक्तानी गर्नुपर्ने औँल्याएपनि भुक्तानी हुन नसकेको उल्लेख गरेको छ । महालेखाको प्रतिवेदनले बाँकी रकम व्याजसहित असुल गर्नुपर्ने उल्लेख गरेको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस