२०८२ मङ्सिर ३ गते बुधवार

श्रीमतीको हत्या गर्ने बुढाथोकीलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

रुकुम पश्चिम । गत असार १७ गते राति खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने चौरजहारी नगरपालिका–३ टाटागाउँका चन्द्रबहादुर बुढाथोकीलाई रुकुम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

हिजो मंगलबार भएको थुनछेक बहसपश्चात जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त आदेश जारी गरेको हो । चौरजहारीका चन्द्रबहादुरले ३० वर्षीया श्रीमती देविका बुढाथोकीलाई सामान्य कारोबारका विषयमा विवाद हुँदा धारिलो हतियारले हानेर हत्या गरेका थिए । मृतक देविकाका भाइ गोविन्द खत्रीको किटानी जाहेरीपछि उक्त मुद्दामाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको थियो ।

थुनछेक बहसपछि चन्द्रबहादुरलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो । श्रीमतीको मृत्युपछि नाबालक छोराछोरीको रेखदेख, पालनपोषण र संरक्षणका लागि नेपाल सरकारबाट व्ययभार हुने गरी पीडित राहत कोषबाट ७ लाख रुपैयाँ अन्तरिम क्षतिपूर्तिस्वरूप राहत रकम भराइदिन पनि आदेशमा भनिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस