दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ गैरा उरहरीस्थित शनिबारराति युवाहरुबिच कुटाकुट हुँदा दुई जना घाइते भएका छन् । गएराती एकै स्थानमा बसोबास गर्ने व्यक्तिहरूले संगै मदिरा सेवन गरी सामान्य विवादकै क्रममा एक–आपसमा झगडा गर्दा उनीहरू घाइते भएका हुन् ।
घाइते हुनेमा तुलसीपुर–११ बेलटाकुरा निवासी २६ वर्षीय खिम बहादुर गिरी र जसपुर निवासी २२ वर्षीय लक्ष्मण बिक रहेका छन् । दुबैको टाउकोमा चोट लागेको र उनीहरूको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
घटनास्थलमा प्रहरी चौकी उरहरीबाट प्रहरी नायब निरीक्षक एक बहादुर खड्काको कमाण्डमा टोली पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।










