२०८२ माघ ८ गते बिहिवार

कक्षा १२ को नतिजा सार्वजनिक


दाङ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको केहीबेरअघि सकिएको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार कक्षा १२ को परीक्षामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसैबीच कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ ।

वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षाकाे नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।

यसैबिच कक्षा १२ को पूरक परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज सोमबार नतिजा सार्वजनिक गर्दै पूरक परीक्षाबारे जानकारी दिएको हो । आगामी भदौ २८ र २९ गते पूरक परीक्षा(ग्रेड वृद्धि) हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस