२०८२ फाल्गुन २ गते शनिवार

अपांग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक कडेँल निलम्बनमा

दाङ, २१ साउन । अपांग समाज सुधार केन्द्र तुलसीपुरले कार्यक्रम संयोजक हुमकान्त कडेँललाई निलम्बन गरेको छ । अपांगता सहायता सामग्रि वितरणमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि छानबिन गर्न भन्दै केन्द्रले संयोजक कँडेललाई निलम्बन गरेको हो ।

केन्द्रको बुधबार बिहान बसेको बैठकले कार्यक्रम संयोजक कँडेललाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको छ । अध्यक्ष ईश्वरी प्रसाद खड्काद्वारा हस्ताक्षरित जारी विज्ञप्तीमा आन्तरिक छानबिन समिति गठन गरिएको र छानबिन प्रतिवेदनका आधारमा थप निर्णय लिने उल्लेख गरिएको छ ।

यस्तै केन्द्रले सहायता सामग्रि वितरण कार्यक्रममा संस्थाको तर्फबाट अपांगता भएका व्यक्तिलाई समन्वय गर्ने बाहेक अरु कुनै कार्यमा संलग्न नभएको र यदि कार्यक्रम संयोजक कँडेलले व्यक्तिगत हैसियतमा कुनै भूमिका निर्वाह गरेको भए त्यो संस्थाको निर्णय, निर्देशनमा आधारित नभएको स्पष्ट समेत पारेको छ । यसैगरी केन्द्रले सत्यतथ्य छानबिनका लागि सरोकारवाला निकायलाई आग्रह समेत गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस