तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाउँ खानेपानी सरसफाइ तथा उपभोक्ता समितिको निर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन शान्तीपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन समितिका संयोजक पुष्कर भण्डारीले जानकारी दिनुभयो । अहिले निर्वाचन आरसंहिता बनाउने काम भइरहेकाले मतगणना ढिलो हुने संयोजक भण्डारीले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।
आज शुक्रबार बिहान ७ बजेदेखि शुरू भएको मतदान दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो । निर्वाचनमा ६१२ मत खसेको संयोजक भण्डारीले बताउनुभयो । खानेपानी संस्थामा ७१४ जना मतदाता संख्या रहेको छ । त्यसमध्ये १०२ जनाले मतदान नगरेको भण्डारीले जानकारी दिनुभयो ।
नयाँ नेतृत्व चयनका लागि तीन दल चुनावी मैदानमा उत्रिएका छन् कांग्रेस र माओबादी गठबन्धन गरेका छन् भने एमाले र स्वतन्त्र एक्ला एक्लै प्रतिस्पर्धामा रहेका छन् ।
गठबन्धनबाट डिल्ली बहादुर बस्नेत, एमालेबाट देब बहादुर डाँगी र स्वतन्त्रबाट शरद वली अध्यक्ष पदमा प्रतिस्पर्धामा रहनुभएको छ । यस्तै उपाध्यक्षमा गठबन्धनबाट डिला केसी, एमालेबाट कमला खत्री र स्वतन्त्रबाट मोतिकला वली प्रतिस्पर्धामा रहेका छन् । सचिवमा गठबन्धनबाट हरिचरण चौधरी, खगेन्द्र अधिकारी र स्वतन्त्रबाट टंक नेपाली प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै कोषाध्यक्ष पदमा गठबन्धनबाट स्याम कुमार आचार्य, एमालेबाट खोपिराम डाँगी र स्वतन्त्रबाट चुर्ण बहादुर थाररु प्रतिस्पर्धामा रहेका छन् ।
सदस्य पदमा गठबन्धनबाट हेम बहादुर बस्नेत, पूर्ण बहादुर वली, गजाधर चौधरी, सावित्रा खड्का भण्डारी र तुलसी केसी रहनुभएको छ भने एमालेबाट प्रचण्ड अधिकारी, सत्यराम चौधरी, केदार नेपाली, शिला दाहाल र कालिका पाण्डे प्रतिस्पर्धामा रहेका छन् ।
यस्ते स्वतन्त्रबाट पार्वती अधिकारी (बिसी), सिता नेपाली, बोघराज बस्नेत, अशोक कुमार शमौ र भेषराज आचार्य प्रतिस्पर्धामा रहेका छन् ।












