२०८२ फाल्गुन २६ गते मङ्गलवार

टिप्परको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते


तुलसीपुर । तुलसीपुरमा टिप्परको ठक्करबाट स्कुटर चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका–११ का ५६ वर्षका निम बहादुर पाण्डे रहेको प्रहरीले जनाएको छ ।

पाण्डेको टाउको, छाति र मुखमा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते पाण्डेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका नर्सिङहोम नेपालगंज रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो । पाण्डेको अवस्था गम्भिर रहेको खत्रीले बताउनुभयो ।

आज आइतबार दिउँसो करिब २ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डिमा दुर्घटना भएको थियो । तुलसीपुरबाट सोना सिमेन्ट फ्याक्ट्री दुधरासतर्फ जाँदै गरेको ना १ ख ९३२० नम्बरको खाली टिप्परले विपरीत दिशाबाट आउँदै गरेको रा ४ प ३७७९ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीले टिप्पर चालक मकवानपुर मनहरी गाउन्पालिका–६ का २७ वर्षका बिशाल सुनारलाई नियन्त्रणमा लिएको छ । दुबै सवारी साधन प्रहरीको नियण्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस