२०८२ फाल्गुन २९ गते शुक्रवार

वडाध्यक्ष राजीनामा स्वीकृत प्रकरण : घोराही उपमहानगरलाई कारण देखाउ आदेश

दाङ, ९ भदौ । दाङ घोराही उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जितेन्द्र शाहले दिएको राजीनामा स्वीकृतका विषयमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

राजीनामा दिएको दुई बर्षपछि स्वीकृत भएपछि आफुलाई अन्याय भएको भन्दै शाहले उच्च अदालत तुलसीपुरमा रिट दायर गर्नुभएको थियो । साथै अदालतले अग्राधिकार दिएर रिटको अर्को सुनुवाई भदौ १८ गते तोकेको छ ।

शुक्रबार शाहले रिट अदालतमा दर्ता गर्नुभएको हो । मुख्य न्यायाधीश राजेश्वर तिवारीको एकल इजलाशले उपमहानगरलाई कारण देखाउ आदेश जारी गर्दै दुबै पक्षलाई अर्को पेसिमा बोलाएको छ ।

उहाँले आफुलाई एक पटक पनि सफाईको मौका नदिई एकाएक अन्याय गरेर राजिनामा दिएको पनि दुइ बर्षपछि राजिनामा स्विकृत गरेको जनाउदै कुनै कानुनी पनि प्रकृया पुरा नगरी आफुलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरि आफुलाई पुर्बबत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गर्नुभएको थियो ।

शाहले आफुलाइ पदबाट हटाउने घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उप प्रमुख हुमा डिसिसहित सिङ्गो कार्यपालिकालाइ बिपक्षि बनाई अदालतमा रिट हाल्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस