२०८२ मङ्सिर २७ गते शनिवार

लायन्स क्लब अफ दाङको अध्यक्षमा केसी


तुलसीपुर । लायन्स क्लव अफ दाङको अध्यक्षमा बिनील केसी निर्वाचित हुनुभएको छ । सन् २०२४/२५ का अध्यक्ष लायन गोरखबहादुर ओलीको अध्यक्षता तथा ३२५ एन नेपालका डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लबले समाजमा रचनात्मक र सृजनात्मक कार्य गर्दै आएको बताउनुभयो । श्रेष्ठले आत्मनिर्भरताको लागि उद्धमशीलताको वातावरण सिर्जना गर्न पदाधिकारीहरूलाई आग्रह गर्नुभयो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष केसीले स्थानिय स्तरमा रहेका लायन्स क्लवहरूलाई एकतावद्ध गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाँले सामाजिक सेवामा रहेर काम गर्ने प्रेरणा प्राप्त भएकाले सोहीअनुसार आफ्नो कार्यकाललाई पनि स्वर्णिम बनाउने उद्घोष गर्नुभयो ।

कार्यक्रममा सिनियर डिस्ट्रिक इजुकेटिभ चिफ ध्रुव गौतम, ययिा चिफ मधुसुधन वैद्य, पूर्व अध्यक्ष बिमल रिजाल, गणेश अधिकारी, प्रयास पोख्रेल लगायतले लायन्स क्लबले सामाजिक रूपमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि समाजसेवामा सक्रिय रहन नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिएका थिए ।

सो अवसरमा क्लवको गतिविधि उजागर गर्न सहयोग गर्ने पत्रकार निरला अर्याल र भीम पौडेललाई सम्मान गरिएको थियो । यस्तै समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका क्लबका पदाधिकारी तथा अन्य व्यक्तिहरूलाई पनि सम्मान गरिएको हो ।

सोही अवसरमा वर्ष २०२५/२६ का लागि क्लबको नयाँ कार्यसमिति चयन भएका पदाधिकारीहरूलाई पद हस्तान्तरण गरिएको छ । क्लवको अध्यक्षमा बिनील केसीको नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण तथा बधाई ज्ञापन गरिएको हो ।

जसको प्रथम उपाध्यक्षमा लोकबहादुर विष्ट, द्वितीय उपाध्यक्ष पुर्ण भण्डारी, तृतीय उपाध्यक्ष चन्दा श्रेष्ठ,उ पाध्यक्षहरू गोपाल रावत, सरोज लामिछाने र कोमल डिसी, सचिव बिजय गिरी, सहसचिव हरिष गिरी, कोषाध्यक्ष रोमप्रसाद भट्टराई, सह–कोषाध्यक्ष माधव पोखरेल, एलसीआईएफ कोर्डिनेटर बिष्णु पोखरेल र मेम्बरशिप चेयरपर्सन सुर्यप्रसाद शर्मा रहनु भएको छ ।

वर्ष २०२४/२५ को कार्यकाललाई उत्कृष्ट बनाउनका लागि सहयोग गर्ने सबैलाई अध्यक्ष गोरख ओलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव कोमल डिसीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस