२०८३ असोज २ गते शुक्रवार

दाङमा मृत व्यक्तिलाई बुबा देखाएर नागरिकता लिएको आरोपमा श्रीमान श्रीमती पक्राउ


दाङ । दाङमा मृत व्यक्तिलाई बुबा देखाई झुट्टा विवरण पेश गरेर नागरिकता लिएको आरोपमा प्रहरीले श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका–३ वसन्तपुरका ४४ वर्षीया श्यामकुमारी यादवले करिब ११ वर्षअघि मृत्यु भइसकेका बुधराम अहिरलाई आफ्नो बुबा देखाई झुट्टा विवरण पेश गरेर नागरिकता प्राप्त गरेको आरोपमा उहाँ र उहाँका श्रीमान् कृष्णबहादुर अहिरलाई पक्राउ परिएको प्रहरीले जनाएको छ ।

नागरिकतासम्बन्धी कसुरमा दुवै जनालाई इलाका प्रहरी कार्यालय गढवा दाङबाट खटिएको प्रहरी टोलीले असोज १ गते साँझ ६ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डां हेम बहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत घोराहीबाट नागरिकतासम्बन्धी कसुरमा पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेकोे छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस