२०८२ मङ्सिर २२ गते सोमवार

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्क नजिकै गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका हुन् ।

तुलसीपुरबाट गोठिखोलातर्फ जाँदै गरेको रा ७ प ९०९९ नम्बरको मोटरसाइकल सोमबार राति करिब साढे ९ बजे अनियन्त्रित भई पल्टिँदा चालक २९ वर्षिय प्रेम बुढाथोकी र पछाडी सवार ३४ वर्षिय भिम बहादुर खड्का घाइते भएको प्रहरीले जनाएको छ ।

चालक बुढाथोकीको मुख, कान र टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको र थप उपचारका लागि घोराही लगिएको छ । यस्तै खड्काको हातमा सामान्य चोट लागेकोले उपचारपछि सोमबार राति नै डिस्चार्ज गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस