२०८२ माघ २५ गते आइतवार

राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले जागरण सभा र प्रशिक्षण कार्यक्रम गर्ने

दाङ, १७ भदौ । राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले जागरण सभा र प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको सचिवालयको मंगलबार बसेको बैठकले विभिन्न सामाजिक र राजनीतिक अवस्थाको समीक्षा गर्दै आगामी कार्यक्रम तय गरेको हो ।

बैठकले लिपुलेकको विषयमा भारत र चीनको नीतिप्रति चिन्ता व्यक्त गर्दै बढ्दो भ्रष्टाचार र गणतन्त्रको रक्षा गर्न दाङका विभिन्न स्थानमा जागरण सभा गर्ने निर्णय गरेको छ ।

यस अन्तर्गत भदौ २६ गते घोराही, २७ गते तुलसीपुर, २९ गते गढवा, ३० गते राप्ती, ३१ गते लमही र असोज १ गते राजपुरमा जागरण सभा आयोजना हुने अध्यक्ष गणेश आचार्यले बताउनुभयो ।

त्यसैगरी राजनीतिक आन्दोलनमा देखिएको निराशा, पलायन र अस्थिरतालाई मध्यनजर गर्दै जनतालाई समसामयिक राजनीतिक अवस्थाबारे जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरिएको छ । उक्त प्रशिक्षण कार्यक्रम पनि सोही मितिहरूमा घोराही, तुलसीपुर, गढवा, राप्ती, लमही र राजपुरमा सञ्चालन हुने उहाँले बताउनुभयो । आचार्यले विज्ञप्ति जारी गर्दै कार्यक्रम सफल बनाउन सबैको सक्रिय सहभागिता अपेक्षा गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस