२०८२ माघ २५ गते आइतवार

तुलसीपुरमा १२ वर्षीया बालिका सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

दाङ। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने १२ वर्षीया सृष्टि चौधरी बिहीबार साँझदेखि सम्पर्कविहीन भएकी छिन् । बेलुवामा चौधरी फ्रेस हाउस सन्चालन गर्दै आउनुभएका दिपक चौधरीको छोरी सम्पर्क बिहिन भएकी हुन् ।

विद्यालयबाट आएर बिहिवार साँझ ५ बजेतिर साथीहरुसंग खेल्न जान्छु भनेर निस्किएको परिवारले जनाएको छ । सृष्टि साँझ अबेरसम्म घर नफर्केपछि परिवारले खोजीकार्य अघि बढाएको छ ।

मावि दोघरेमा कक्षा ८ मा अध्ययनरत चौधरी साँझ ५ बजेतिर घरबाट निस्केको बुवा दिपक चौधरीले जानकारी दिनुभयो । शुक्रबार पनि बिहानैदेखि सृष्टिको खोजी गरेपनि कतै नभेटेको बुवा दिपकले बताउनुभयो ।

उहाले छोरीको खोजीमा सबैलाई अनुरोध गर्नु भएको छ । कहिकतै भेटेमा नजिकैको प्रहरी वा ९७०९७–०५६१२ र ९७०६२–०६७११ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । परिवारले शुक्रबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन दर्ता गरिसकेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस