दाङ । नेपाल निजामती कर्मचारी युनियन प्रारम्भिक कमिटी तुलसीपुरले निजामति दिवस मनाएको छ । प्रारम्भिक कमिटीले भाद्र २१ र २२ गते विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।
युनियनले तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको दिदीघर बाल संरक्षण गृहमा रहेको २५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
युनियनका अध्यक्ष बसन्त कुमार आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको संचालन युनियनका सचिव होमजंग विश्वकर्माले गर्नुभएको हो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रमले बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने र आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख तथा दिदीघर बाल संरक्षण गृहका संस्थापक स्यानी चौधरीले बताउनुभयो ।
दिवस मनाउने सन्दर्भमा भदौ २२ गते आइतबारका दिन तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा सेवा लिन आउने दुई जना पहिलो सेवाग्राहीहरुलाई सम्मान पनि गरिएको हो ।
युनियनले आउदो असोज ११ गते दशैमिलन कार्यक्रम गर्ने र त्यस अवसरमा उत्कृष्ट ३ जना कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम रहेको युनियनका सल्लाहकार ललित बहादुर घर्तिले बताउनुभयो ।










