२०८२ माघ ५ गते सोमवार

तिमी मलाई जे सोच्छौ, सोच्दै गर

साथीहरु युके, युएसए र अस्ट्रेलियामा डलर बटुल्दै गर्दा,

पुराना चप्पलर च्यातिएका कपडामा गुजारा टार्दै,

प्रेम, गृहस्थि, चाडपर्व र मिलनहरुलाई पछि सार्दै,

लड्दै,भिडदै लोकसेवाको कठिन दरबाजा खोलेर,

सरकारी मान्छे भएको सेवक हुँ म।

तर, आज,

सपथको धज्जी उडाएर निर्लज्ज भएका केही लोभीहरूसँग दाँजेर,

देशप्रेम र अख्तियारीको दुरुपयोगले गन्हाएका दोषिहरुसँग जोडेर,

त्यो बिगतको तपस्या,डिभि,पिआर र अनेकन सुनाला अवसरहरू दुत्कारेर,

जनताको सारथी भइ कर्मप्रिय सेवक म भएको तथ्य समेत नजरअन्दाजेर,

तिमि कर्मचारीले देश डुवायो भन्छौं मलाई।

र भन्छौ,

मैले जे भन्यो त्यही गर नत्र ठेगान लगाउँछु,

सरुवा गरेरदूरदराजमा लखेटन आजै लगाउछु,

नभए बरण्डाकोघाममा सेकेर महिनौंतडपाउँछु,

अझै पुगेन यसले भने कालो मोसो र चट्कनले बाजा बजाउँछु।

मिल्ने भएपनि गर नमिल्ने भएपनि गर्नैपर्ने अरे,

तिमीले कुनै बिधि र कानुन मान्न नपर्ने भयो अरे,

तिमिलाई जे चाहियो त्यसमैम सही धस्काइदिनपर्ने रे,

अन्यथा फेसबुके भित्तामा  भ्रष्टको तक्मा भिडाइदिन्छौं रे।

सच्चा जनता त खुसी नै छन् मेरो कर्मबाटहेर सधैं सधैं,

तिम्रा धन्दालाई बैध बनाइदिने चक्करमा परें म यदि भने,

अख्तियारका अभियोगले निलम्वनको पगरी जव गुठाउँनेछन,

अनिबुकुर्सि सँगै घोक्रो फुलाएर तिमि नैमलाईसरापीरहेका हुनेछौं ।

भकुण्डोसरी सरुवा, अनजानहरूको दादागिरीले  निरीह भएको म,

अधिकारसीमा सम्झाउँदा चौथर्पी घेराबन्दी र दबाब झेलेको म,

साथीभाइको दाँजोमाघरघडेरी र श्रीसम्पत्तिको चाँजो पाँजो नहुँदा,

इष्टमित्रकोहेँला र पत्निको किचकिचले आजित भएको दुखी छु म।

घरपरिवार र समाजलाई ऋण सापटी र सहयोगदिन नसकि,

घरबेटीको भाडा र बच्चाको फिससमयमा तिर्न  नसकि,

दुर्गममा तड्पिएर परिवार वियोगमा रहँदाको बेदना सही,

हाकिमको रुखो आदेश र सेवाग्राहीको आक्रोसले बिक्षप्ति छु म ।

तर पनि

सधैँभरिकोखेदाई,अपमान र अवसरबाट वञ्चित भएर,

गह्रङगो मुटु भएर आत्मग्लानीमा डुवेकोजिर्ण मन बोकेर,

सन्तोषको भाका फेर्दै मैले गाइरहेको छु,

त्यो अनौठो गीत प्रफुल्ल भएर। जव सुन्छु,

मालदार अड्डामा सधैं जसो रही,उत्कृष्ट भइरहेका दौंतरीको ब्यथा,

सबै चिजले भरिभराउ भएर पनि, निद्रा नपर्ने साथिहरुको रात्री कथा,

तव मुटु झन दरो भएर आउछ र भन्छु सन्तोष परम सुखम,

र लम्किरहन्छु शिखरतर्फ दह्रीलो बनाएर मन झन झन।

जहाँ बदलिदो प्रविधि र परिवेशसँग आफुलाई मेल गराउँदै,

कानुनको पालना सँगै जनसेवा र कडा अनुशासनमा रहँदै,

गिरेको मेरो यो सेवाको गरिमा फेरी यहाँ जुरुक्कै जगाएर,

जनजनका हृदयमा निजामति सेवाको महिमा एकदिन म रोप्नेछु।

देशको ढुकुटी पुरा भरेर,तगडा बनाएर यसलाई,

मनग्य तलब, मर्यादा र सम्मान थापेर  यहीँ,

व्यवसायिक,सृजनशील र सुशासन मार्फत देशमा,

तीव्र  विकास, सर्वत्रखुसी र समृद्धिल्याएर यहाँ ।

सारा देश जगत गदगद भइरहेको त्यो दिन सोचेर,

म मेरो आफ्नै लयमा हिँडिरहेछु शिखर चुम्नलाई,

त्यसैले,तिमी मलाई जे सोच्छौ सोच्दै गर,

तर,म शिखरतिर लम्किरहन्छु।

भरत कुमार वली -शाखा अधिकृत कर्मचारी संकेत न.: २४४३७३ कार्यरत कार्यलय: जिल्ला प्रशासन कार्यालय, ललितपुर सम्पर्क न.: ९८६६३२९०६८ email id: bharatoli2046@gmail.com

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस